Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

धूमको नयाँ सिरिजमा आमिरको चासो

twitter sharing button
whatsapp sharing button
sharethis sharing button

मुम्बई। भनिन्छ, बलिउडमा हरेक शुक्रबारले फिल्म स्टारको भाग्य बदलीदिन्छ । कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् ।

किङ खानको करियर पुनः सही बाटोमा आएको छ ।  शाहरुखको बक्स अफिस सफलताले  अभिनेता आमिर खान दबाबमा छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ थियो । यो फिल्म फ्लप भयो र यो फ्लपसँगै आमिरले अभिनयबाट ब्रेक लिने नै निर्णय लिए । उनी आजकल परिवारसँग समय बिताइरहेका छन् ।

यही बेला आफ्नो करियरलाई पुनः ट्याकमा ल्याउन  आमिर यशराज फिल्मस्को एक्सन इन्टरटेनर फिल्म ‘धूम’को नयाँ सिरिजमा देखिँदै छन्

आमिर ‘पठान’को सफलताबाट प्रभावित छन् । उनलाई सलमान खानको फिल्म ‘टाइगर ३’ पनि ब्लकबस्टर हुन्छ भन्ने थाहा छ । यही कारण उनले हालै निर्माता आदित्य चोपडासँग भेटेर ‘धूम’को नयाँ सिरिजको बारे कुराकानी गरेका छन् ।

हालै मात्र एक अन्तरवार्तामा ‘पठान’का लेखक अब्बास टायरवालाले आमिर यशराज ब्यानरको स्पाई युनिभर्समा देखिन चाहेको खुलासा गरेका थिए । सलमान, शाहरुख र ऋतिक रोशन यसअघि नै स्पाई युनिभर्सको हिस्सा भइसकेका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com