Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सर्वोच्चमा मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध बनायो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् । आज एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग तथा समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे ।
उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरूलाई पराजित गर्न नसक्ने बताए । प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे ।

उनले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताए । उनले मुद्दा दर्ता सम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताए । उनले अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए । उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको बताए । शिलापत्रबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com