Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

टोरिनोसँग युभेन्टसको रोमाञ्चक जीत

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–२ गोल अन्तरले हराएको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा टोरिनोले सुरुवाती अग्रता बनाएको थियो । टोरिनोका लागि खेलको दोस्रो मिनेटमा यान कारामोहले गोल गर्दै अग्रता दिलाएका थिए ।

युभेन्ट्सका लागि खेलको १६ औं मिनेटमा जुआन काउड्राडोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ४३ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए ।

युभेन्ट्सका लागि पहिलो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २–२ को बराबरीमा ल्याए । पहिलो हाफमा २–२ गोलको बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ७१ औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई ३–२ गोलको अग्रता दिलाए ।
युभेन्ट्सका लागि खेलको ८० औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए । जितसँगै युभेन्ट्सले २४ खेलमा ३५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com