Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

इजरायलद्वारा हतियार तस्करीको आरोपमा जोर्डनका सांसद गिरफ्तार

इजरायलले हतियार तस्करीको आरोपमा जोर्डनका सांसद इमाद अल-अडवानलाई गिरफ्तार गरेको छ ।
वेस्ट बैंक क्षेत्रमा लुकीछिपी हतियार र सुन तस्करी गरेको आरोप उनीमाथि लागेको छ । जोर्डनको विदेश मन्त्रालयका अनुसार वेस्ट बैंकनजिकै किंग हुसेन पुलको सीमा चेकजाँच प्रहरीले इमादलाई सुन र हतियार तस्करीको आरोपमा गिरफ्तार गरेको हो ।

इजरायलले भने यस विषयमा कुनै जानकारी दिएको छैन । मन्त्रालयका अनुसार इजरायली अधिकारीहरूले उनको कारमा सुन र बन्दुक फेला पारेको आरोप लगाएका छन् ।

३५ वर्षका इमाद जोर्डन संसदको प्यालेस्टाइन समितिका सदस्य पनि हुन् । जोर्डनले यस विषयमा आफूहरूले अध्ययन गरिरहेको बताएको छ । इजरायल र प्यालेस्टाइनबीच अल-अक्सा मस्जिदको विषयमा विवाद चर्किएका बेला जोर्डनका सांसद इजरायलमा गिरफ्तार भएका हुन् । अलजजिरा

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com