लगातार दोस्रो पटक मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि

अर्जेन्टिना फुटबलर लियोनल मेस्सीले २०२२ को फिफा सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन्। ३५ वर्षिय मेस्सीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेको बीबीसीले जनाएको छ।
लगातार दोस्रो पटक अवार्ड जितेका मेस्सीले लामो समयदेखि आशा गरेको सपना पूरा भएको बताए। उनले भने, मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरें। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छु। साथीहरुको साथमा जित सम्भव भएको उनको भनाइ छ।
सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन्।एजेन्सी