Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ ।

गएको हप्ता मात्रै अफगानिस्तानमा  ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

भूकम्पका कारण अफगानिस्तानको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावितका बसोबास र उपचार सेवालाई लिएर चिन्ता व्यक्त गरेको छ । भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com