Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

अर्जेन्टिना अन्तिम आठमा, सेमिफाइनल पुग्न नेदरल्यान्ड्ससँग आगामी शुक्रबार भिड्ने

अर्जेन्टिना फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को खेलमा अस्ट्रेलियालाई २– १ गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसी र जुलियन अल्भारेजले एक एक गोल गरे। यस्तै अर्जेन्टिनाका फर्नान्डेजले आत्मघाती गोल गरे।

मेसीले खेलको ३५ मिनेटमा ओटामेन्डीको पासमा गोल गरेका थिए।

५७ मिनेटमा अल्भारेजले अग्रता दोब्बर पारेका थिए। अस्ट्रेलियाका रायनले गल्ती गरेको बलमा अल्भारेजले गोल गर्न सफल भएका थिए।

खेलको ७७ मिनेटमा अस्ट्रेलियाले गोल फर्कायो। गुडविनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार इन्जो फर्नान्डेजको शरिरमा लागेर गोल पोस्टमा छिरेको थियो।

अर्जेन्टिना अन्तिम आठमा पुगेको यो खेलसँगै मेसीले करिअरको १०००औं खेल खेले। मेसीले एक हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा मेसीले अर्जेन्टिनाका लागि कप्तानी गरेको १००औं खेलमा पनि हो।

दुई पटकको विजेता अर्जेन्टिना विश्वकपमा आठौं पटक अन्तिम आठमा पुगेको हो।

अब अन्तिम आठमा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्यान्ड्सले यसअघि अमेरिकालाई ३(१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीच अब आगामी शुक्रबार खेल हुनेछ।

कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा भएको खेलमा अग्रता बनाएको थियो । १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीले मिलाएको बलमा मेसीले उत्कृष्ट फिनिसिङ गरे ।

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो । यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो ।

यो गोलसँगै विश्वकपमा २२ गोल पुर्याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाबाट २१ गोल गरेका थिए ।

अस्ट्रेलियाका गोलकिपरको गम्भीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । अस्ट्रेलियन गोलकिपर म्याथ्यु र्यानले ६ यार्ड बक्सभित्र नियन्त्रणमा लिन नसकेको बललाई आल्भारेजले सहजै गोल गरे ।

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियालाई २–१ को अवस्थामा फर्काएका थिए । १८ यार्ड बक्सबाहिरबाट अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

अर्जेन्टिनाका कप्तान मेसीको आजको खेल फुटबल करियरको १००० औँ खेल हो । मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन् ।

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो । यता अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको थियो ।

जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै अन्तिम–८ मा स्थान बनाएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com