Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

१४० दिनपछि खुल्यो त्रिविको ताला

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।
त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रूपमा खुलाएपछि सञ्चालनमा आएको हो।

त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरू भएको बताए।
‘ताला पूर्ण रूपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौं’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौं।’

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन्। उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरूले जेठ २९ गते ताला खोलेका थिए। प्रतिनिधि सभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए।

यस्तै, अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो।
त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com