Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु

कार्तिक,२३ काठमाडौं । काठमाडौंको बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
आज साँझ ४:४० बजे काठमाडौं ३ नारायण गोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए।

तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कास्की, साविक कालिका गा.वि.स. ९ घर भएका ४७ वर्षीय बेल बहादुर राना मगर र कास्की मादी गा.पा.५ बस्ने ४१ वर्षीया कल्पना राना मगर छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com