Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आजबाट सुरू

काठमाडौं २७ चैत । ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। भने
पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू गरियो। भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजा र स्थानीय पूजा सकेर रथ तान्न सुरु गर्ने गरियो।


बिस्केट अर्थात ‘सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ आफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com