Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिष्कार

असोज, १४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिष्कार गरेको बताएका छन् ।

न्यूयोर्क र चीन भ्रमण सकेर फर्किएलगत्तै आज बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले आज बिहान सात दलको बैठक बोलाएका छन् । रास्वपा सभापति लामिछानेले उक्त बैठक बहिष्कार गरेको जानकारी दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी डिजल(मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com