Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

श्रीमान् श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको गयो ज्यान

कार्तिक,२२ काठमाडौं । सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छोरीको ज्यान गएको छ । ३५ वर्षीय राजेन्द्र राईले हिजो राति छोरी ऋतिकाको हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

रक्सी खाएका राजेन्द्र र श्रीमतीबीच विवाद भएको थियो । विवादकै क्रममा उनले नजिकै रहेको खुकुरी झिकेर श्रीमतीको टाउकोमा प्रहार गरेका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो। त्यसपछि श्रीमती छोरी च्यापेर भाग्न खोज्दा श्रीमानले लछारपछार पारेपछि उहाँ छोरी छोडेर भाग्नुभएको थियो । पछि स्थानीयवासी र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले अभियुक्त राईलाई पक्राउ गर्न झन्डै दुई घण्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राईलाई पक्राउ गर्न कठिन भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com