Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

युक्रेनी सेनाले फिर्ता लियो रूसले कब्जा गरेको सहर

६ महिनादेखि रूससँग युद्ध लडिरहेको युक्रेनी सेनाले रूसी सैनिकको कब्जामा रहेको एउटा उत्तरपूर्वी सहर फिर्ता लिएको छ।
द न्युयोर्क टाइम्सका अनुसार रूसी सैनिकहरूले यसअघि कब्जा गरेको खार्किभ प्रान्तको इजिउम सहर छोडेर हिँडेका छन्।

युक्रेनका अधिकारीहरूले इजिउमबाट रूसी सैनिक फिर्ता हुनुलाई ठूलो सफलता मानेका छन्। गत मार्चमा रूसी सैनिकहरू युक्रेनको राजधानी किएभबाट फिर्ता भएका थिए। युद्ध सुरू गरेको ६ महिनापछि कब्जा गरेको अर्को सहर पनि रूसी सैनिकले छोड्नु युक्रेनका लागि ठूलो सफलता भएको बताइएको छ।

रूसी सैनिकहरूले इजिउमलाई डोनबस क्षेत्रमा आक्रमण गर्न लजिस्टिक बेसका रूपमा उपयोग गर्दै आएका थिए।
रूसी रक्षा मन्त्रालयले पनि शनिबार इजिउम सहरबाट आफ्ना सैनिक फिर्ता भएको जनाएको छ। रूसले सैनिक फिर्ता पूर्वयोजनाअनुसार नै भएको बताए पनि छरपस्ट रूपमा छोडिएका सैनिक सामग्रीले रूसी सेना हतार-हतार इजिउमबाट बाहिर निस्केको देखिन्छ।

रूसी आक्रमण सुरू हुनुभन्दा पहिला इजिउममा ४० हजार मानिस बस्थे। धेरै जना सहर छोडेर गएपछि अहिले त्यहाँ १२ हजार जना मात्रै बाँकी छन्। रूसी सैनिक फर्किएपछि उनीहरूले खुसी मनाएका छन्।

पश्चिमा खुपिया एजेन्सीहरूले युक्रेनमा रूसी सैनिकतर्फ ठूलो हताहती भइसकेको बताइरहेका बेला इजिउमबाट फिर्ता हुनु रूसी सैनिक लागि ठूलो धक्का हो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com