Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुगेका छन् । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा आइपुगेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रतिनिधिमण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहेका छन् ।

विदेशमन्त्री बिलावाल भुट्टो जर्दारी भने सोमबार नै टर्की आएका हुन्। उनी पनि प्रतिनिधिमण्डलमा सहभागी भएका छन् । टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ । भेटवार्ताका क्रममा पाकिस्तान— टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने लगायतका विषयमा छलफल भएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्ने बारेमा पनि कुराकानी भएको जनाइएको छ । –एएनआई

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com