Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरूले उम्मेदवार सिफारिस गर्न सुरू गरेका छन्।

दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरूले उम्मेदवारका रूपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरू गरेका हुन्।

जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका शशांक कोइराला र उद्योगपति विनोद चौधरीसहित छ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ।

कांग्रेसबाट कोइराला, चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रीय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताए।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताए।

नेकपा (एमाले) ले केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रवीन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्षतर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ।

जिल्लाको क्षेत्र नं १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक कोइरालालाई नै मैदानमा उतार्ने पक्कापक्की भएको बताइन्छ।

कोइरालासँगै अर्का केन्द्रीय सदस्य एवं उद्योगपति चौधरीले क्षेत्र नं २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन पहल भइरहेको बताइएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com