Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु

भदौ,२ काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले जानकारी दिएका छन् । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com