Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा एमाले विजयी

जेठ,३ काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा देवी घर्ती निर्वाचित भएका छन् ।

रोकायाले २ हजार १०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १ हजार ५९६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी घर्तीले १ हजार ८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १ हजार २९० मत पाएका छन् । कांग्रेसकी सावित्री पहाडीले १ हजार २७७ मत ल्याएकी छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com