Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चीनमा व्यावसायिक गाडीकाे बिक्री जनवरीमा ८० प्रतिशतले बढ्याे

चीनमा व्यावसायिक गाडीको बिक्रीमा निकै वृद्धि भएको छ । गएको जनवरी महिनामा मात्रै चीनमा व्यावसायिक गाडीको बिक्री ८० प्रतिशतले बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जनवरीमा चीनमा तीन लाख २४ हजार वटाभन्दा धेरै बस, ट्रकलगायतका व्यावसायिक गाडी बिक्री भएका छन् । दुई लाख ८९ हजार वटा ट्रक मात्रै बिक्री भएकाे चाइना एसोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चर्सले जनाएको छ । ३४ हजार वटा बस बिक्री भएकाे पनि खबरमा उल्लेख छ ।

यस्तै बिक्री भएका तीन लाख २४ हजार वटा व्यावसायिक गाडीमध्ये ७४ हजार वटा निर्यात भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले धेरै हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com