Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रुपैयाँ फिर्ता

बाजुरा – बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरिएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमवार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । त्याे रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उहाँले बताउनुभयो । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।  

प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले यस क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजिअ पौडेलले बताउनुभयो ।

प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका  लागि  अस्थायी आवास निर्माण गर्न गएकाे मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । निकासा भएको याे रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात पालिकाका एक हजार पाँच सय नौ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित पालिकामा पठाइसकेको प्रजिअ पौडेलले बताउनुभयो ।  

खप्तड छेडेदह गाउँपालिकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित पालिकाको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्राधिकरणले गएकाे असोज १६ गते बझाङ  केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com