Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कंगो अपरेसनमा ज्यान गुमाएका सैनिक अनिल गुरूङको शव नेपाल आइपुग्यो

कंगो अपरेसनमा ज्यान गुमाएका सैनिक प्युठ अनिल गुरूङको शव नेपाल ल्याइएको छ।
उनको शव हिजो कंगोबाट फिर्ता ल्याइएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
चैत २२ गते कंगोमा सञ्चालन भएको अपरेसन बालीको क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरूङको बुनियाँस्थित अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो।

गुरूङको शव नेपाल ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा आज बिहान प्रधानसेनापति प्रभुराम शर्माले श्रद्धञ्जली अर्पण गरेका थिए।
गुरूङको शवलाई बुधबार नै नेपाली सेनाको हेलिकप्टरबाट उनको गृह जिल्ला सुर्खेत लगेर परिवारलाई हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com