Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बहिनीले आफ्नै दिदीमाथि खुकुरी प्रहार

असार, ३ काठमाडौं । मोरङको पथरीशनिश्चरेमा हिजो राति बहिनीले आफ्नै दिदीमाथि खुकुरी प्रहार गरेकी छन्। २९ वर्षीया सुमित्रा राईले खुकुरी प्रहार गरेर दिदी ४० वर्षीया लक्ष्मी राईलाई गम्भीर घाइते बनाएकी हुन्।

घाँटीमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएकी लक्ष्मीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। सामान्य घरयासी विवादका कारण राति ९ बजेतिर सुमित्राले दिदीलाई खुकुरी हानी घाइते बनाएको इप्रका पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए।

वृद्ध अवस्थाका बाबु र आमाको स्याहार गरेर दिदी–बहिनी दुवै जना पथरीशनिश्चरे नगरपालिका–१ पानीट्यांकीस्थित माइती घरमा बस्दै आएका थिए। घटनामा प्रयोग गरिएको खुकुरीसहित पक्राउ परेकी सुमित्राविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com