प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकारमा सहभागी गराउने

काठमाडौं १७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरेका छन्।
देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग यसबारे छलफल गरिरहेका छन्।
‘लोसपालाई सरकारमा ल्याउन छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘केही माग पूरा भएमा लोसपा सरकारमा आउन सकारात्मक देखिएको छ।
लोसपाले आफूहरूले उठाएका माग पूरा गर्ने प्रतिवद्धता सरकारबाट आउने हो भने सरकारमा सहभागी हुन सक्ने बताइरहेको छ।