Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

हराएका युवक तिनदिन पछि मृत फेला

सल्यानमा बुधबार हराएका एक व्यक्ति तीन दिनपछि मृत अवस्थामा फेला परेका हुन। कपुरकोट गाउँपालिका २ भकमका ६४ वर्षीय मेवालाल नेपाली शनिबार विहान जंगल नजिकैक मृत अवस्थामा फेला परेका हुन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

मृतक नेपाली बुधबार घरबाट बाँस काट्न भन्दै जङ्गलतिर निस्किएका थिए । तर बेलुकीसम्म घर नआएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले उनको खोजी गर्ने क्रममा हराएको ३ दिनपछि शनिबार मृत अवस्थामा फेला पारेको हो ।
बाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com