Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

सौराहामा बाघको छाला किनबेचमा संलग्न १६ वर्षपछि पक्राउ

काठमाडौं १० चैत ।सौराहामा बाघको छाला किनबेचमा संलग्न रहेको भनेर फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका हुन।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला र ४१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका थिए।

पक्राउ परेका गोरखाको सर्दिबास–३ का सुरेन्द्र गुरूङ, सिम्जुङका वीरबहादुर गुरूङ र अन्य २ जना आखेटोपहार किनबेचमा संलग्न रहेको भनेर निकुञ्जले मुद्दा दायर गरेको थियो। तर लामो समयदेखि फरार रहेका २ जनामध्ये तनहुँको देवघाट गाउँपालिकाका विष्णुबहादुर गुरूङलाई भरतपुर–१ लिलाचोकबाट नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद ले बताएका छन ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर जिल्ला कारागार भरतपुरमा बुझाइएको तिवारीले बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com