Yeti Khabar

२०८१ बैशाख ३०, आईतवार - Sun May, 2024 -

रामेछाप र मकवानपुर विजयी

३० फागुन, काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा रामेछाप र मकवानपुरले विजयी भएका हुन । रामेछापले सिन्धुपाल्चोकलाई र मकवानपुरले नुवाकोटलाई हराएका छन ।

रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो भने । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका गोलरक्षक युवराज तामाङ म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई ३–० ले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मकवानपुरका समिराज थोकरले ६०औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । भने पछि सुदीप सापकोटाले ७८ र ८३ औं मिनेटमा गोल थपे । खेलको म्यान फ द म्याच मकवानपुरका सुदीप सापकोटा घोषित भए

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com