नारायणकाजीबारे प्रचण्डको टिप्पणी
१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लिएर भावुक नहुन पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । यद्यपि कसैले महाकाली सन्धिपछि नेकपा एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजे आफूले रोक्न नसक्ने समेत उनले बताए ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेकोमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । प्रचण्डका अनुसार पार्टीमा भएको छलफलका क्रममा श्रेष्ठलाई आफ्नो विचार केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न, तर अहिले बाहिर नलैजान आग्रह गरेको बताए ।तर नेता श्रेष्ठले आफ्नो असन्तुष्टि सार्वजनिक गरेको भन्दै प्रचण्डले भने ‘यो भनेपछि भएभरका कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभयो होला ।
यदि एमसीसीको विरोध गर्दा भोट आउने भए सबै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालतिर लाग्नुपर्ने भन्दै उनले भने, ’