प्रहरीसँगको झडपका क्रममा डडेलधुराका हेमराज अवस्थी गम्भीर घाइते
बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा डडेलधुराका हेमराज अवस्थी गम्भीर घाइते भएका हुन्।घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेन्टर रिफर गरिएको छ।
अहिले उनको अवस्था सामान्य रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।