Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

सिटिइभिटीका कर्मचारी सवार गाडी सुनकोशीमा खस्यो

मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो। 

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए।  

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com