Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

असार, २४ काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।
शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com