Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५१ जना र २ हजार २३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ । सोही अवधिमा १ लाख १५ हजार ४०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ९ हजार ६७८ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com