Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्ड खुल्यो, सिस्नेरी सडकखण्ड अझै अवरूद्ध

पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।
भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए शुक्रबार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा शनिबार बिहानदेखि दुवैतर्फी रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

यस्तै, हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा भने अझै यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ रासस।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com