Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तराई मधेसमा बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित

काठमाण्डौ – तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ । केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ ।

दिनभरि जस्तो नै हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभावका कारण तराईका जिल्लासहित देशभर नै चिसो हावा चलिरहेको छ । उहाँका अनुसार तराई मधेसका जिल्लामा अबको केही दिन पनि मौसम यस्तै रहने अनुमान छ । केही दिन अझै पश्चिमी वायुको प्रभाव नै रहने भएकाले मौसम खुल्ने र घाम लाग्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

बाक्लो हुस्सु लाग्न्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम मानिन्छ । यो अवधिमा हुस्सु कुहिरो लाग्नु र चिसो हावा चल्नुलाई सामान्य नै मान्नु पर्ने उहाँको भनाइ छ ।

तराई मधेस बाहेकका ठाउँमा भने भोलिदेखि मौसम सुधार हुने अनुमान छ । आज हिजो जस्तै पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । तर, तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com