Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मतगणना सुरू गर्न माग गर्दै एमालेले गर्यो प्रदर्शन

जेठ,५ काठमाडौं । निर्वाचन सम्पन्न भएको छ दिन बितिसक्दा पनि मतगणना सुरू नभएको भन्दै नेकपा एमालेले उदपयपुरको त्रियुगा नगरपालिकामा प्रदर्शन गरेकोछ।
आज सदरमुकाम गाईघाटस्थित निर्वाचन कार्यालय अगाडि मतगणना सुरू गर्न माग गर्दै एमालेले प्रदर्शन गरेको हो।

गत शुक्रबार त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा मतदान हुँदै गर्दा विवाद उत्पन्न हुँदा मतदान स्थगित गरेको थियो। तर पटकपटक सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसक्दा मतगणना सुरु हुन सकेको छैन।

अहिले उक्त विषयलाई लिएर एमाले र कांग्रेसले यथास्थितिमा मतगणना सुरू गर्नुपर्ने धारणा राखेका छन् भने एकीकृत समाजवादी लगायत दलको उक्त वडामा पुनः मतदान हुनुपर्ने अडान रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com