Yeti Khabar

२०८२ असार ९, सोमबार - Mon Jun, 2025 -

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

FacebookTwitterViberEmailPrintFriendlyShare

काठमाण्डौ – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले सबै मेडिकल कलेज र सम्बन्धित संस्थालाई चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न नौबुँदे अपिल जारी गरेको छ ।

सङ्घले चिकित्सा शिक्षा गम्भीर सङ्कटमा परेको भन्दै यसको असर स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

अपिलमा शिक्षा, स्वास्थ्य तथा नियामक निकायहरू, मेडिकल कलेज, प्राध्यापक, आवासीय डाक्टर, अभिभावक र सरकारले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।

अनुसन्धान र पेशागत विकासका अवसर दिनु, आवासीय चिकित्सकलाई आठौं तह अनुसार भत्ता दिनु, मानसिक स्वास्थ्य परामर्श सेवा र स्वास्थ्य बीमा योजना लागू गर्नुपर्ने माग गरिएका छन् ।

सङ्घले सबै सरोकारवालालाई चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवा विकासमा एकजुट हुन आग्रह गरेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com