समाजवादी मोर्चा पार्टी एकता गर्ने सहमति नजिक

माघ, २ काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका बताइएकाे छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाबाट भएका विगतको अभ्यास, गतिविधिबारे गम्भीर समीक्षा गरी वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण गर्ने विषयमा साझा धारणा बनेको बताए ।
मंसिरको पहिलो हप्ता बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल माओवादीलगायत अन्य वामपन्थी शक्तिसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।
तर विचार मिल्ने दलसँग भविष्यमा हुने एकताका लागि ढोका खुलै राखेको थियो । यता नेसपा र नेकपाले यसअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका थिए ।