Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

दक्षिण कोरियाका राष्ट्रपति युनलाई पक्राउ गर्ने प्रयास स्थगित

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका अनुसन्धानकर्ताहरूले आजका लागि पक्राउ प्रयास स्थगित गरेका छन् ।

युनको घरबाहिर रहेका सुरक्षा टोलीले अवरोध गरेपछि ६ घण्टासम्मको प्रयास स्थगित भएको हो । केही दिनदेखि राष्ट्रपति निवास अगाडि युनका समर्थकहरू बसेर नाराजुलुस गरिरहेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’ को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

युनलाई पक्राउ गर्न राष्ट्रपति निवासमा पुगेका अनुसन्धान अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकेकाे बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताले पक्राउ पुर्जीको म्याद जनवरी ६ भित्र युनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छन् ।

पक्राउ गर्ने प्रयास भइरहँदा दक्षिण कोरियामा राजनीतिक सङ्कट झन्–झन् गहिरिँदै गएको खबरमा उल्लेख छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com