Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भूकम्पको जोखिममा कायमै

काठमाडौं वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरुलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्।

सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जि जम्मा भएर बसीरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हो। उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए। पूर्व कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ बनेका सम्पदाहरु पुरानो र बिना प्रविधिबाट बनेको भएकोले धेरै क्षति हुने अनुमान लगाउन सकिने बताए।

उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com