Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रोकिएको मतगणना पुन: सुरु

९ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं.२७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।

आज दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com