Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन

काठमाडैं २५ चैत । गोरखाको मकैसिंङस्थित बुट्टारमा त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।
रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।
गण्डकीका अध्यक्ष होमबहादुर राना मगर र इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जीपलाइन उद्घाटन गरेका हुन्।

रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीका अनुसार जीपलाइन पाँच सय ५८ मिटर लामो छ।
इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्टमा ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ।
नेपालीलाई एक हजार र विदेशीलाई १५ डलर शुल्क तोकिएको छ।
जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com