Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैटौँ महाधिवेशन हुने

काठमाडौँ, १८ भाद्र । नेपाल भरिका नगरपालिकाहरूमा कार्यरत कर्मचारीहरूको साझा पेशागत सङ्गठन नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैटौँ राष्ट्रिय महाधिवेशन यही आउँदो भाद्र २४ गते काठमाडौँमा सम्पन्न  हुने भएको छ ।


केही समय अगाडि भएको संगठनको बैठकले महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । सङ्गठनले यसअघि महाधिवेशन गर्ने पटक पटक निर्णय गरे पनि देशमा कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित गरिएको थियो । 

महाधिवेशनमा सङ्गठनका देशभरीका इकाई समितिबाट प्रतिनिधित्व रहने सङ्गठनका सचिव सितु प्रसाद श्रेष्ठले यती खबर लाई जानकारी दिनुभयो । श्रेष्ठले स्थानीय तहमा कार्यरत कर्मचारीहरू राज्यबाट सँधै बिभेदको मारमा पिल्सिन बाध्य भएको बताउँदै महाधिवेशन मार्फत आफूहरूले खेपिरहेको पीडालाई समाधान खोज्न पहल कदमि लिने बताउनु भयो ।

सङ्गठनका संयोजक राज कुमार थापाले महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकको निर्णय अनुसार सम्पूर्ण प्रकृयाहरू अगाडि बढाइएको तथा महाधिवेशनको सम्पूर्ण तयारी सुरुगरिसकेको बताउनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com