Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरैशी पक्राउ 

पाकिस्ताका पूर्वविदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–एन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। 

बीबीसीका अनुसार, एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूलाई पक्राउ गर्नका लागि प्रहरी आइपुगेको बताएका छन्। 
भिडियोमा उनले आफूले गलत काम नगरेको बताएका छन्। 

‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ। गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’ भिडियोमा कुरैशीले भनेका छन्, ‘यो लडाईँ स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ।’उनले पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन रोकिन नहुने पनि बताएका छन्। 

पूर्वप्रधानमन्त्री खान  भ्रष्टाचार, आतकंवाद, अदालतको मानहानी, दंगालगायतको आरोपमा मंगलबार पक्राउ परेका थिए। 

उनको ज्यान खतरामा रहेका बताउँदै कुरैशीले आन्दोलन जारी राख्न भिडियोमार्फत आह्वान गरेका छन्।एजेन्सी 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com