Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको बयान लिइँदै

जेठ,१२ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूको अदालतमा बयान लिने प्रक्रिया सुरु भएको छ ।नेपालीरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरूको अदालती बयानको प्रक्रिया आजबाट सुरु भएको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान हुँदैछ । प्रतिवादी टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई बयानको लागि इजलास लगिएको छ । इजलास कक्षबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । खुला इजलास भए पनि पत्रकारलाई प्रवेश दिइएको छैन ।

प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाँणसहित निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com