Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको छ : इरान

एजेन्सी । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिएका हुन् । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ । इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिएका थिए ।

इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै दिएको समाचारमा उनले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा आदानप्रदान गर्न सकिने बताए । दुबै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी आदानप्रदानको काम अबका केही दिनमा हुने उनको भनाइ थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com