Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

४० वर्ष यताकै उच्च महँगी सामना गर्दै जापान

जापानले ४० वर्ष यताकै उच्च महँगीको सामना गरेको छ।
राष्ट्रिय मुद्रा यन कमजोर बनेपछि आयातमा लागत बढेकाले जापान महँगीको मारमा परेको रोयटर्सले जनाएको छ। आयातमा उच्च लागतका कारण जापानमा इन्धनदेखि खाद्यान्नको भाउ ह्वात्तै बढेको छ।

मुख्य उपभोग्य सामग्रीका मूल्य सुचांकको राष्ट्रव्यापी तथ्यांक गत वर्षको भन्दा अक्टोबर महिनामा मात्रै ३.६ प्रतिशतले बढीले छ। बैंक अफ जापानले भने मुद्रास्फिती दरलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो।
जापानमा हाल वृद्धि भएको महँगी सन् १९८२ यताकै उच्च हो।

जापानी अर्थशास्त्री ताकेसी मिनामीले यो मूल्यवृद्धि तत्कालै घट्ने संकेत नदेखिएको बताएका छन्। ‘यो मूल्यवृद्धि तत्कालै घट्ने संकेत मैले देखेको छैन। डिसेम्बरमा यसले अझै उचाइ लिनेछ र नयाँ वर्षपछि मात्रै घट्ने संकेत देखा पर्न सक्छन्,’ उनले भनेका छन्।
बढ्दो महँगीका कारण जनजीवनलाई असर पुर्‍याए पनि बैंक अफ जापानले ब्याजदर बढाउने नीति अबलम्बन गर्नेछैन।

गभर्नर हारूहिको कोरोदाले अन्य विकसित राष्ट्रको तुलनामा जापानमा कोभिडकाल पछिको अर्थतन्त्र सम्हालिने चरणमै रहेकाले यो स्थिति देखा परेको बताएका छन्। यो महँगी धेरै समय नरहने उनको दाबी छ।
मार्चसम्म मुद्रास्फिती ३ प्रतिशत रहने र त्यसपछि घट्ने उनले बताएका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com