Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

गौतमवुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुन्छ : प्रचण्ड

२६ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् ।

शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् ।उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु हुनेछ ।’

युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए । राष्ट्रिय सहमतिको उक्त आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो ।

शनिबार भरतपुरमा सञ्चालित साइक्लिङ म्याराथनमा महिलातर्फ तीन घण्टा २३ मिनेटमा ६५ किलोमिटर पूरा गरी मेरिना राना मगर प्रथम र सुधा तिमिल्सिनाले ४ घण्टा १२ मिनेट १३ सेकेण्डमा ६५ किमी पार गरी दोस्रो स्थान हासिल गरे ।
त्यस्तै पुरूषतर्फ दुई घण्टा १२ मिनेट १९ सेकेण्डमा ६५ किमी पूरा गरी सन्दीप श्रेष्ठ प्रथम र त्रिभुवन आर्मी क्लबबाट दीपेश चौधरी दोस्रो बने ।
म्याराथनमा साइकल राइडर सुरज राना मगर एक घण्टा ५६ मिनेटमा ६५ किमी दूरी पूरा गरी सर्वोत्कृष्ट बने । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com