Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ।
जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन्।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्।
१ नम्बर क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नम्बर क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com