Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

ट्याक्टरबाट खसेर भक्तपुरको कौशलटार चोक नजिकै एक जनाको मृत्यु

५ चैत, काठमाडौं । भक्तपुरको कौशलटार चोक नजिकै ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको हो।
शुक्रबार राति करिब साढे ९ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ।

बालुवा घोल्ने मिक्सर मेसिन लिएर गएको ट्याक्टरबाट एक्कासी सडकमा खसेका कार्की घाइते भएको र समिट अस्पतालमा प्राथमिक उपचार गरी ट्रमा सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी गराएको छ ।

ट्याक्टरका चालक झापाको कन्काई नगरपालिका ५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com