Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

नक्कली दाँत अड्किएर महिलाको मृत्यु

४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला उनको त्यो नक्कली दाँत घाँटीमा गएर अड्कियो । मारियाको परिवारका सदस्यले पछि डाक्टरसँगको कुराकानीमा ती महिलाको कोठाबाट अचम्मको आवाज आइरहेका कारण के भइरहेको छ भनेर हेर्न जाँदा उनको सास रोकिएको देखेको बताए ।

त्यसपछि उनलाई नजिकैको हस्पिटल डेल सर लगियो जहाँ डाक्टरले उनको घाँटीमा अड्किएको वस्तु निकाल्न कोसिस गरे तर उनीहरुको कोसिस विफल भयो । उनलाई डाक्टरले मृत घोषित गरे ।

‘महिलालाई अस्पताल ल्याउँदा उनले कुनै महत्वपूर्ण लक्षण देखाइरहेकी थिइनन् । डाक्टरले उनको श्वासनली खाली गर्ने विभिन्न जुक्ति निकाले तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्,’ क्विन्डियो प्रहरी विभागका कोरोनेल विलियम अल्बर्टो जुबिटा पारडोले पत्रकारसँगको कुराकानीमा भने ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com