चिनियाँ सेनाको टोली आज नेपाल आउँदै
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/08/china-flag1692158693-1024x575.jpg)
साउन,३१ काठमाडौं । चिनियाँ सेनाको टोली आज नेपाल आउने भएको छ। नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्ण प्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं अवतरण गर्नेछ।
‘उहाँहरू औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो,’ सहायक रथी भण्डारीले भने। चिनियाँ सेनाको टोली तीन दिन काठमाडौंमा रहनेछन्।