Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कपाल ढाकेर अन्तर्वार्ता लिन भनेपछि क्रिष्टियानले रद्द गरिन् इरानी राष्ट्रपतिसँगको संवाद

कपाल ढाकेर अन्तर्वार्ता लिन भनेपछि सीएनएन टेलिभिजनकी चर्चित प्रस्तोता क्रिष्टियान अम्यानपोरले इरानका राष्ट्रपति हब्राहिम रइसीसँगको अन्तर्वार्ता रद्द गरेकी छिन्।

न्युयोर्क भ्रमणमा रहेका इरानी राष्ट्रपति रइसीले अन्तर्वार्ताको सेटमा उनलाई इरानी कानुन अनुसार कपाल ढाक्न भनेपछि अम्यानपोरले अन्तर्वार्ता लिन अस्वीकार गरेको बीबीसीले जनाएको छ।

यसअघि कानुन अनुसार हिजाब अनिवार्य लगाउनुपर्ने नियम तोडेको भन्दै इरानी प्रहरीले २२ वर्षीया युवती मासा अमिनीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको थियो। यसपछि इरानमा प्रदर्शन चर्किएको छ। इरानका ८० शहरमा त्यस घटनाविरुद्ध प्रदर्शन भइरहेको छ।

राष्ट्रपति रइसीले इरानको अवस्थालाई बुझेर कपाल ढाकिदिन आग्रह गरेका थिए। तर अम्यानपोरले अमेरिकामा त्यस्तो कुनै पनि नियम नरहेको भन्दै कपाल ढाक्न अस्वीकार गरिन्। ‘हामी अहिले न्युयोर्कमा छौँ। यहाँ महिलाले अनिवार्य रूपमा कपाल ढाक्नुपर्ने न त संस्कार छ न त निमयनै,’ उनको ट्वीट गरेकी छन्।

अम्यानपोरले पहिलोपटक अमेरिका टेकेका रइसीसँग राष्ट्रसंघीय महासभाको सेरोफेरो र समसामयिक विषयमा कुराकानी गर्ने योजना बनाएकी थिइन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com